१६ चैत्र २०८०, शुक्रबार

यसरी पुरिंदै कोरोनाबाट न्यू योर्कमा निधन भएकालाई (भिडियो सहित्)

new york mass grave

सन् २००१ मा भएको आतंककारी हमलापछी न्यूयोर्कमा एकै दिन दुई हजार जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । न्यूयोर्क गभर्नरले एक पत्रकार सम्मेलनमा दुख:का साथ सो कुरा बताए ।

कोरोनाभाइरसबाट मर्नेहरूको संख्या बढ्दै जाँदा न्यु योर्क शहरको कफिनहरू सामूहिक चिहानमा गाडिएको तस्वीरहरू देखा परेको छ। तस्विरमा कामदारहरू सुरक्षा(हाजमत) सूटमा हार्ट टापुमा गहिरो खाडलमा काठका कफिनहरू राख्दै गरेका देख्न सकिन्छ।

हार्ट टापु, ब्रोन्क्सको एक माइल टाढा पर्छ र त्यहाँ पुग्न डुंगा चढेर जानु पर्छ । पहिले जेल का कैदी हरुले मृतक लाई गाढ्ने काम गर्थे भने अहिले महामारीको कारण भाइरसको फैलावट रोक्न विषेश टोली परिचालना गरिएको छ ।

अधिकारीहरूका अनुसार शवहरु राखिएका काठका बाकसहरु चाङ लगाएर गाडिदैछन । यो चिहान लामो समयदेखि मृतकको आफन्त नभेटिदा वा अन्त्येष्टि गर्न नसक्ने परिवारहरूका लागि प्रयोग गरिँदै आएको छ।

एसोसिएटेड प्रेसका अनुसार सामान्यतया, टापुमा हप्तामा करिब २५ शव गाडीने गरिएको थियो तर मार्च देखी यो नाटकिय रुपमा बढेर गएको छ ।

अहिले न्यू योर्कमा एउटा सिङ्गो देश भन्दा बढी कोरोनाभाइरसका केसहरू छन्।