Close Me
२० मंसिर २०८१, बिहीबार

३० वर्षे सेवा अवधिका आधारमा प्रहरीलाई अवकास नदिन सर्वोच्चको अन्तरिम आदेश

supreme court nepal police headquarter e1725029507901

सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई अवकाश दिने कार्य तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले भदौ १६ गतेबाट अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्न नगराउन तथा त्यस्तो आधारमा कुनै पत्राचार नगर्न अन्तरिम आदेश दिएको हो ।

यस्तै, सर्वोच्चले पदीय जिम्मेवारीमा परिवर्तन नगर्न नगराउन तथा प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ । सर्वोच्चले पूर्ण सुनुवाइका लागि असोज १० गते पेशी तोक्न र अग्राधिकार दिन पनि भनेको छ ।

सर्वोच्चले यसअघि बृहत् पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेश पालना भएको नदेखिएको समेत उल्लेख गरेको छ ।

भदौ १६ गते अवकाश पाउन लागेका प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित ९० जनामध्ये नेपाल प्रहरीका २१ जना अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखानालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका थिए ।