१६ चैत्र २०८०, शुक्रबार

देशभरकाे माैसम सामान्यतया सफा रही उच्च हिमाली भेगमा हल्का हिमपात हुने

weather aajko mausam

साेमवार देशको पहाडी भू-भागमा आंशिक बदली लगायत अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाकाे भनाइ छ।

देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरु तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

देशमा हाल पश्चिमी न्यूनचापीय वायुकाे सामान्य प्रभाव रहेकाे महाशाखाले जनाएकाे छ ।