१६ चैत्र २०८०, शुक्रबार

पार्टीभित्र असन्तुष्टि माओवादी र एकीकृत समाजवादीमा

prachanda nepal

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्ने निष्कर्षमा पुगेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीभित्र असन्तुष्टि देखिएको छ ।

एमसीसी व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्न पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति गरेका थिए । एमसीसी पारित गर्ने सहमतिसँगै दुवै दलको बसेको छुट्टाछुट्टै स्थायी कमिटी बैठकमा नेताले असन्तुष्टि व्यक्त गरेका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, रेखा शर्मालगायतका नेताले बैठकमा असन्तुष्टि पोखेका थिए ।

अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनमा व्याख्यात्मक घोषणासँगै एमसीसी संसद्बाट पारित गर्ने बैठकलाई जानकारी गराउनासाथ उनीहरूले आपत्ति जनाएका थिए । राजधानी दैनिकबाट