१४ जेष्ठ २०७९, शनिबार

शुक्रबार दिउँसो १ बजेसम्मका लागि संसद्‍ बैठक स्थगित

nepal parliament building

शुक्रबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

सङ्घीय संसद्‍का महासचिव डा. भरतराज गौतमका अनुसार फागुन १२ गतेका लागि निर्धारण गरिएको बैठक विशेष कारण बस्न नसक्ने भएपछि फागुन १३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको हाे।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको गौतमले जानकारी दिनुभयाे ।

बुधबार सार्वजनिक भएको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)माथि छलफल हुने उल्लेख थियो।

कार्यसूची निर्धारणका निम्ति बिहीबार बसेको कार्यव्यवस्था समिति बैठकमा सहमति नजुटेपछि विशेष कारण देखाउँदै बैठक स्थगित भएको हो।

274265303 7027035040702902 8144037917443004585 n