१४ बैशाख २०८१, शुक्रबार

कार्यसूची सार्वजनिक: भोलि संसद बैठकमा एमसीसीमाथि छलफल हुने

house

 प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे छलफल हुने भएको छ ।

संघीय संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषयमा छलफल हुने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले भोलि बस्ने बैठकमा एमसीसी सम्झौता छलफलका लागि प्रस्तुत गर्नुहुनेछ ।

गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेश गर्नु भएको थियो । त्यस दिन अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता पेश गर्नुभएको हो ।

यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७–७८ पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।