११ बैशाख २०८१, मंगलवार

प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

nepali congress party office

नेपाली कांग्रेसले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।

कांग्रेस सचेतक पुष्पा भुसालले आफ्ना सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरिएको बताउनुभएको हो ।

भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी)माथि सैद्धान्तिक छलफल हुने भन्दै कांग्रेसले अनिवार्य उपस्थित हुन भनेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फागुन ८ गते संसदमा टेबल गराएको एमसीसी प्रस्तावमा छलफल गर्न भोलि संसद बैठक बस्दैछ । कांग्रेस संसदीय दलले एमसीसी प्रसतावको पक्षमा उभिने निर्णय गरिसकेको छ ।