१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

pm office baluwatar

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) संसद्मा पेस गर्ने विषयमा छलफल गरी टुङ्गो लगाउने बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी परियोजना तत्कालै संसद्मा पेस गर्ने पक्षमा हुनुहुन्छ । तर नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले अहिले एमसीसी पेस गर्न नहुने बताउँदै आएका छन् ।

यसअघि, सत्तारुढ दलका प्रमुख तीन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताबीच छलफल भएको थियो । सो बैठकमा उहाँहरुबीच एमसिसी अनुमोदन लगायतका विषयमा परामर्श भएको र बैठकमा पाँच दलीय गठबन्धनलाई जोगाएर एमसिसी लगायतका विषयलाई निष्कर्षमा लैजानेबारे बारे छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कृष्ण सिटौला, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत सहभागी हुनुहुन्छ ।