७ बैशाख २०८१, शुक्रबार

दुरी बढ्यो गठबन्धनमा दलहरुबीच, कांग्रेसले थाल्यो एमालेसँग छलफल

gathbandan vs uml

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्‌बाट पारित गर्न सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग संवाद अघि बढाएका छन् ।

एमसीसी अनुमोदन गर्ने/नगर्ने भन्ने सत्तारुढ दलहरुबीच द्वीपक्षीय तथा बहुपक्षीय छलफल भइरहेका बेला कांग्रेसका नेताहरुले एमालेसँग छलफल चलाएका हुन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्नुअघि देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवादका लागि प्रतिनिधिहरु सक्रिय बनाएका छन् ।

स्रोतकाअनुसार कांग्रेस नेता डा.मिनेन्द्र रिजालले बिहीबार बिहानै अध्यक्ष ओलीसँग भेट गरेका छन् । उनी ओलीलाई भेट्न बालकोट पुगेका थिए भने सरकारका प्रवक्ता एवम् सञ्चारमान्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीलाई टेलिफोन गरेका थिए ।

दुवै नेताहरुसँगको कुराकानीमा एमाले अध्यक्ष ओलीले पहिला गठबन्धनका दलहरुको बैठकको निर्णय कुर्ने बताएका देउवानिकट एक नेताले बताए ।

प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच गत शनिबार एमसीसी टेबल गर्ने, माओवादी र एकीकृत समाजवादीका सांसद्ले मतदानमा अनुपस्थित भएर अनुमोदनका लागि सहयोग पुर्याउने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता गर्ने समझदारी बनेको देउवानिकट नेताहरुको दाबी छ ।

तर, माओवादी र एकीकृत समाजवादीले त्यो समझदारी तोडेको देउवाको ठहर छ ।