१५ बैशाख २०८१, शनिबार

आफूहरूको जोड सत्ता गठबन्धन जोगाउनेमा : अध्यक्ष दाहाल

prachanda IRyjsLNp44
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूको जोड सत्ता गठबन्धन जोगाउनेमा रहेको बताउनुभएको छ  ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री  राजेन्द्रप्रसाद श्रेष्ठसँगको छलफलपछि अध्यक्ष प्रचण्डले गठबन्धनका पाँच दललाई एक बनाउने र एमसिसीलाई निकास दिने विषयमा छलफल भएको बताउनुभयो ।