४ बैशाख २०८१, मंगलवार

सहमति नजुटेको भन्दै बैठकको कार्यसूचीमा एमसीसी नराख्ने सभामुखको निर्णय

agni sapkota
फाइल फोटो

सहमति नजुटेको भन्दै सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय गरेका छन् ।

संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बसे पनि एमसीसी भने टेबल नहुने सापकोटाले बताएका छन् ।

आजको संसद बैठकको कार्यसूची तय गर्न सभामुखले कार्यव्यवस्थाको बैठक बसालेका थिए र बैठकको अन्त्यमा सहमति नजुटेको भन्दै आज एमसीसी कार्यसूचीमा नचढ्ने निर्णय सापकोटाले सुनाएका हुन् ।

1 5