१७ बैशाख २०८१, सोमबार

गम्भीर र षडयन्त्रपूर्ण कदम प्रधानन्यायाधीशमाथिको महाअभियोग: एमाले

sankar pokhrel

नेकपा एमालेको भर्खरै सकिएको सचिवालयको बैठकले प्रधान्यायाधीसमाथिको महाअभियोग गम्भीर र षडयन्त्रपूर्ण कदम भएको बताएको छ ।

बैठक पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका नेता शंकर पोखरेलले यसलाई अदालतमाथिको प्रहार नभएर सिंगो लोकतन्त्र माथिको प्रहार भएको बताए ।

उनले भने, यसलाई नेपाली जनताको सार्वभौमसत्ता माथिको प्रहारका रुमा हामीले लिएका छौं ।’ उनले स्थानीय निकायको निर्वाचनलाई धकेल्ने षडयन्त्रका रुपमा चालिएको कदममा रुपमा आफूहरुले लिएको बताए ।