१९ बैशाख २०८१, बुधबार

देउवाले एमसीसीलाई संसदबाट पास गर्नुपर्छ भनेपछि प्रचण्ड र माधव नेपालले गरे ठाडै अस्वीकार

Gath sher Prachanda Madhav

सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार बालुवाटारमा छलफल भएको छ । सो छलफलमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी थिए ।

वालुवाटारमा भएको छलफलमा एमसीसी परियोजना सम्झौतालाई कसरी अगाडि बढाउने विषयमा तीन शीर्ष नेताबीच चर्काचर्की समेत भएको छ । उनीहरु बीचको छलफल विना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री देउवासँग छलफल गर्न अध्यक्ष र नेपाल बालुवाटार गएका थिए । एमसीसीबारे आ-आफ्नै अडानका कारण कुनै निष्कर्ष नआएको एक नेताले बताए ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने धारणा राखेका थिए । माओवादी अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गरेका थिए । स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने उनीहरुले धारणा राखेका थिए ।

प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता टेबल गर्न जोड दिएपछि दुई नेताले जबर्जस्ती गर्ने हो भने गठबन्धन भत्किन सक्ने चेतावनीसमेत दिएको छन् । तर, प्रधानमन्त्रीले भने सम्झौता टेबल गर्दैमा गठबन्धन नभत्किने आश्वासन दिएको स्रोतको भनाई छ ।

अमेरिकाको दवावपछि देउवा एमसीसी संसदबाट अनुमोन गर्ने पक्षमा लागेका छन् । तर, प्रचण्ड र नेपालले यथास्थितिमा अनुमोदन गर्न नसकिने अडान कायमै राखेका छन् ।

शनिबार पनि तीनै जना नेताले आफ्नो अडान नछाडेपछि बैठक त्यतिकै सकिएको थियो । अमेरिकाले यही २८ फेब्रअुरीसम्ममा एमसीसीबारे छिनोफानो गर्न दवाव दिएको छ ।