१४ बैशाख २०८१, शुक्रबार

एमसीसी परियोजना : पाँच तारे होटलमा कार्यालय, मासिक भाडा १४ लाख

MCC

अमेरिकी सहयोग परियोजना एमसिसी अन्तर्गतका आयोजनाको काम सुरु नहुँदै पूर्वतयारीमै करिब ५ अर्ब रुपैयाँ सकिएको छ ।

खर्च भएको मध्ये धेरै हिस्सा नेपाल सरकारको छ । नेपाल सरकारको २ अर्ब ७९ करोड रुपैयाँ र एमसिसीको २ अर्ब १९ करोड रुपैयाँबढी खर्च भएको छ । खर्च भएको रकममा पनि प्रशासनिक अर्थात चालू खर्चको हिस्सा निकै ठूलो छ।

बहुचर्तित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० परियोजना नेपालको संसदबाट पास भएपनि प्रसारण लाइन र सडक मर्मत सम्भारको काम सुरु भइसकेको छैन ।

एमसिसी कार्यान्वयन गर्ने निकाय मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले केही दिन अघि मात्रै चार प्रसारण लाइन निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरिएको छ । तर एमसिए नेपालले हालसम्म ४ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ खर्च गरिसकेको छ । खर्च भएको रकम मध्ये नेपाल सरकारको २ अर्ब ७९ करोड १० रुपैयाँ र एमसिसीको तर्फबाट २ अर्ब १९ करोड ७० लाख रुपैयाँ रहेको छ ।

एमसिसी परियोजना अन्तर्गत ३ सय १५ किलोमिटर विद्युत प्रशारण लाइन र ७७ किलोमिटर सडक मर्मत सम्भार गर्ने योजना रहेको छ । यो आयोजानका लागि ५० करोड एमसिसी र १३ करोड अमेरिकी डलर नेपाल सरकारले लगानी गर्ने सम्झौता छ । अ

हिलेसम्म भएका मध्ये सबैभन्दा धेरै खर्च विद्युत प्रसारण र प्रशासनिक तथा खरिदमा भएको हो । विद्युत प्रसारण आयोजना अन्तर्गत ३ अर्ब ११ करोड रुपैयाँ खर्च भइसकेको छ । यो मध्ये १ अर्ब ४४ करोड रुपैयाँ नुवाकोटको रातमाटेमा जग्गा अधिग्रहणका लागि भएको खर्च हो । यसमा २ अर्ब १ करोड रूपैयाँ नेपाल सरकार र १ अर्ब १० करोड रुपैयाँ मात्रै एमसिसिको रकम हो ।

सडक मर्मत आयोजनामा २६ करोड रुपैयाँ खर्च भएको मध्ये १९ करोड एमसिसि र ६ करोड रुपैयाँ रहेको छ। यस्तै प्रशासनिक तथा कार्यालय सामग्री खरिदमा १ अर्ब ६० करोड रुपैयाँ खर्च देखिन्छ ।

एमसिएको चालू खर्च बढ्नुमा एमसिएको कार्यालय काठमाडौं दरबारमार्ग स्थित याक एन्ड यती होटलमा रहेको छ । होटललाई मासिक १४ लाख रुपैयाँ भाडा तिर्नेगर्छ ।

त्यहाँ कार्यरत कर्मचारीहरु मध्ये उच्च अधिकारीले प्रतिव्यक्ति मासिक ८ लाख रुपैयाँसम्म तलब बुझ्ने भएकाले एमसीए नेपालको चालू खर्च उच्च छ । चालू खर्च उच्च भएकै कारण अर्थमन्त्रालयले कार्यालय अन्यत्र सार्न निर्देशन समेत दिएको थियो ।