१४ बैशाख २०८१, शुक्रबार

‘ए मेरो हजुर ४’ को पहिलो गीत ‘फूलको थुङ्गा’ सार्वजनिक (भिडियो)

Capture 3

फिल्म ‘ए मेरो हजुर ४’ को पहिलो गीत ‘फूलको थुङ्गा’ सार्वजनिक भएको छ। यो फिल्म आउँदो नयाँ वर्ष अर्थात २०७९ साल बैशाख १ गते प्रदर्शन हुने तय भएको छ ।

गीत शुक्रबार बुढासुब्बा युट्युबबाट सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा अनमोल केसी र सुहाना थापालाई देख्न सकिन्छ। फिल्ममा झरना थापाको निर्देशन रहेको छ। फिल्मको कथा झरना थापाले नै लेखेकी हुन्।

यसअघि चैत्र २५ लाई प्रदर्शन मिति तोकिएको फिल्म एक सातापछि अर्थात बैशाख १ गते प्रदर्शन हुने भएको छ। ‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानाको जोडीलाई दर्शकले निकै रुचाएका थिए। बक्स अफिसमा फिल्मले राम्रो व्यापार समेत गरेको थियो।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा र सुनिल थापा प्रोडक्सन निर्माण भएको फिल्ममा अनमोल र सुहानाको मुख्य भूमिका रहेको छ ।

सार्वजनिक गीतमा कल्याण सिंहको संगीत, रबि मल्लको शब्द तथा सुगम पोखरेल र अस्मिता अधिकारीको आवाज छ । गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

फिल्ममा झरना थापा र स्वर्गीय छेतन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन छ । त्यस्तै कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, मित्र डी. गुरुङको सम्पादन रहेको छ ।