१२ बैशाख २०८१, बुधबार

‘ए मेरो हजुर ४’मा सलोन बस्नेत

Salon Basnet Biography

झरणा थापाको निर्देशनमा बन्ने सुपरहिट फिल्म ए मेरो हजुरको चौथो सिक्वेल ए मेरो हजुर ४ को लागि कलाकार सलोन बस्नेत अनुबन्धित भएका छन ।

केहि अगाडि फिल्मको घोषणासँगै ए मेरो हजुर ३ मा अत्याधिक रुचाइएको जोडि अनमोल केसी र सुहाना थापा फाइनल भइसकेका थिए भने भर्खरै निर्माण टिमले सलोन बस्नेतलाइ पनि फाइनल गरिएकोे निर्माण टिमले जानकारी दिएका छन ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको दोस्रो र तेस्रो सिक्वेलमा गरेको अब्बल अभिनयको कारण चौथौ सिक्वेलमा पनि सलोन बस्नेतललाइ अनुबन्घ गरिएको बताइएको छ । सलोनले दोस्रो सिक्वेलमा अभिनेता सलिनमान बानियासँग र तेस्रो सिक्वेलमा अनमोल केसीसँग काम गरिसकेका छन भने चौथौ सिक्वेलमा अनमोलसँग पुन काम गर्देछन ।

साथै अभिनेता अनमोल केसीले पनि पहिलोपटक अभिनेत्री सुहाना थापासँग दोहोरिएर काम गर्न लागेका हुन फागुनको १३ बाट छायाँकन सुरु गरेर आगामि दशैमा प्रदर्शन गरिने फिल्मको अहिले स्क्रिपको काम भइरहेको छ । सुनिल कुमार थापा निर्माता रहने यस फिल्मको चौथो सिक्वेलमा पनि काम गर्ने अबसर पाउदा खुसि रहेको र स्क्रिपको काम नसकिएकाले आफ्नो रोलको बारेमा थाहा नभइसकेको सलोनले बताएका छन ।

साँगितिक प्रेमकथामा निर्माण हुने फिल्मको अन्य कलाकाररुको भने छनोट कार्य जारी रहेको छ ।