१४ बैशाख २०८१, शुक्रबार

‘ए मेरो हजुर ४’ रिलिज घोषणा,अर्को वर्षको दशैंमा

amh4

केहि अघि अभिनेता अनमोल केसी र सुहाना थापालाइ अनुबन्ध गराइएर घोषण गरिएको फिल्म ‘ए मेरो हजुर ४’को रिलिज मिति तय गरिएको छ ।

झरणा थापाको निर्देशनमा बन्ने फिल्म अब २०७७ सालको कार्तिक ७ मा प्रदर्शन हुने भएको छ । उक्त कुरा निर्देशक झरणा थापाले प्रणय दिबसको अबसर पारेर सामाजिक सँजाल मार्फत जानकारी गराएको हो । साथमा प्रणय दिबसको धुन समेत सार्वजनिक गरी फिल्ममा अनमोल केसी सुहाना थापा र एक जनावारको माथितिर को को हुने समेत लेखेकि छिन ।

फागुनको १३ बाट छायाँकन सुरु गरिने फिल्ममा सलोन बस्नेत समेत फाइनल भइसकेका छन । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनिल कुमार थापा निर्माता रहेको यस फिल्ममा अभिनेता अनमोल केसीले पहिलोपटक अभिनेत्री सुहाना थापासँग दोहोरिएर काम गर्देछन । फिल्म साँगितिक प्रेमकथामा निर्माण हुनेछ ।