७ बैशाख २०८१, शुक्रबार

विकास र संमृद्धीको प्रतिफल पस्कनु सरकारको दायित्व होः मुख्यमन्त्री राई

Sherdhan rai chief ministar province 1

चिसाङ शेर्पा खोटाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले देशमा स्थीर र वलियो सरकार बनिसकेको बताएका छन् । केन्द्रमा, प्रदेशमा, स्थानीय तहमा स्थीर सरकार वनिसकेकाले अब कुनैपनि अन्यौलता, दुविधा र कही अल्मलिन नपर्ने मुख्यमन्त्री राईले बताए ।

शुक्रबार ‘प्रथम खोटाङ दिक्तेल महोत्सव’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले ‘मुलुकमा शान्ती स्थापना, शान्ती स्थायीत्व र सुशासनतर्फ देश अघि बढीसकेकाले एकमात्र विकास र संमृद्धी जनताको चाहानालाई केन्द्रविन्दुमा राखेर तीन तहमा संघीय प्रणाली अन्तर्गत सरकार गठन गरेर एउटै ध्येय र लक्ष्यका साथ सरकार अगाडी बढीराखेका छौ ।

मुख्यमन्त्री राईले भने, ‘राष्ट्र निर्माणका लागि तीनवटा पिल्लरहरु हाम्रो संविधानले परिकल्पना गरेको छ ।’ आज विकास र संमृद्धीको मूल एजेण्डाको केन्द्रविन्दुमा उभिएर संविधानले निर्देशित गरेको, संविधानले निर्धारण गरेको आफ्नो दायित्य र अभिभारालाई पूरा गर्न तीनै तहका सरकार लागिरहेको मुख्यमन्त्री राईले बताए ।

विकास र संमृद्धीको आकांक्षा बाँडेर सरकार अगाडी बढीरहेको छ, एकपछि अर्को आकांक्षाहरु पूरा हुंदै जानेछ । अब हाम्रो कुनैपनि उद्देश्य छैन, कार्यसूचि छैन । उनले भने, ‘अबको एकमात्र कार्यसूचि भनेको विकास र संमृद्धीको प्रतिफल जनता सामू पस्कने हो । जनताले विकास र संमृद्धीको प्रतिफल उपभोग गर्ने हो ।’

mahotsab 2

खोटाङ उधोग वाणिज्य संघको आयोजना तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा सुरु भएको महोत्सवमा १२० स्टल रहेको वाणिज्य संघका महासचिव मनोजकुमार वजिमयले बताए । आर्थिक संमृद्धिको आधार व्यावसाय प्रवद्र्धनको लागि पुर्वाधार भन्ने नाराका साथमा सुरु भएको महोत्सवमा आदिवासीहरुको संस्कृती भेषभुषाहरुको प्रदर्शनी, सूचना प्रविधिको प्रदर्शनी, कृषिजन्य वस्तुहरुको प्रतियोगितात्मक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातिय खानाका मौलिक परिकारहरुको विक्री तथा प्रदर्शनी, वाल उधान तथा विविध मनोरञ्जनात्मक कार्यक्रम, प्रदेश १ नं लगायत सम्भावित अन्य जिल्ला तथा नगर उधोग वाणिज्य संघहरु र सरोकारवाला तथा अन्य निकायबिच पर्यटन, कृषि, प्रविधि र अन्य सम्भावित व्यावसाय प्रवद्र्धन सम्बन्धमा अन्तक्रिया कार्यक्रम छ ।

यस्तै, आर्कषक परिसरहरुमा सूचना प्रविधि, अटो, अर्गानिक कृषि प्रदर्शनीरसाँस्कृतिक प्रवद्र्धन, विज्ञान प्रविधिसँग सम्बन्धित प्रदर्शनी, प्रत्येक दिन ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट गीत, नृत्य, हाँस्यव्यङ्ग र साँस्कृतिक प्रदर्शनी हुने जनाइएको छ ।

महोत्सवबाट आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, उधोग व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावर, जडिबुटिको बजारीकरण र प्रवद्र्धनमा टेवा पुग्ने खोटाङ उधोग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राईले बताए । ६६ लाखमा सम्पन्न हुने महोत्सवमा एक लाख ५० हजार बढीले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव अवधिमा एक अर्बको कारोबार हुने प्रक्षेपण गरिएको छ ।

mahotsab 3