११ बैशाख २०८१, मंगलवार

७१ ठाउंमा सीमा मिचेको भारतले नेपाल कब्जा गर्ने अन्तिम योजनामा छ : चित्रबहादुर केसी

chitra bahadur kc

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विकासको नाममा सरकारले एमसीसी ल्याएर जनतामा भ्रम सिर्जना गरेको बताएका छन् ।

एमसीसी नेपालको हितमा नभएको उल्लेख गर्दै अमेरिकाले सहयोगको नाममा एमसीसी भित्राएर नेपालमा अमेरिकी सेनाको अखडा बनाउन खोजेको बताए ।

पार्टी निकट अलिख नेपाल महिला संघको आज देखि बुटवलमा शुरु भएको सातौ राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै केसीले हिजो महाकाली सम्झौता गरेकाहरुले अहिले एमसीसी ल्याएर जनतालाई झुक्काउन लागेको आरोप लगाए ।

उनले अहिलेसम्म देशको ७१ ठाउंमा सीमा मिचेको भारतको अन्तिम योजना नेपालै कब्जा गर्ने रहेको बताए । संविधान कार्यन्वयन हुन नसकेको उल्लेख गर्दै संविधान कार्यान्यनका लागि फेरी संघर्ष गर्नुपर्ने बताए । एउटा देशलाई सातवटा देश बनाएकै कारण नेपाली जनता गाई र भैसीको कर तिर्न बाध्य भएको उल्लेख गर्दै जनताको लागि संघीयता घाडो भैसकेको नेता केसीको भनाइ छ ।

बिदेशबाट आएको रेमिटान्सने देश चल्न नसक्ने बताउँदै बहुमतको सरकार असफल भएकाले संविधानले दिएको अधिकार जनाताले नपाएकोले महिला अधिकारका लागि संगठित रुपमा आन्दोलन गर्न आवश्यक रहेको बताए ।

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले संविधानले दिएको अधिकार महिलाहरुले नपाएको उल्लेख गर्दै सम्पतिमा समान अधिकार प्राप्ती र महिला हिंसा अन्त्यका लागि सशक्त आन्दोलन आवश्यक पर्ने बताइन् ।

नेपाल कम्युनिष्ट पार्टी मसालका प्रवक्ता रामप्रकाश पुरीले समान अधिकार र राष्ट्रियताको रक्षाका महिला आन्दोलन आवश्यक रहेको बताए ।कार्यक्रममा प्रदेश सांसद पियारी थापा, तारा जीसी, अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर धर्ति लगाएको छ ।सम्मेलनमा४ सय प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहको छन् ।