४ बैशाख २०८१, मंगलवार

फेरि समय थप्न नसकिने सुमार, फेब्रुअरी अन्त्यसम्म एमसीसी पास नभए फिर्ता लाने चेतावनी

fatima jonathan mcc nepal
फाइल फोटो

अमेरिकाले फेब्रुअरी अन्त्यसम्म नेपालको संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित नगरे फिर्ता लाने बताएको छ ।

एमसीसी मुख्यालयले उक्त अवधिमा नेपालले एमसीसी पारित नगरे फिर्ता लैजाने चेतावनी दिएको हो । एक भर्चुअल अन्तर्क्रियामा एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपाल स्वयंले फेब्रुअरी अन्त्यसम्मको समयावधि दिएकाले त्यसपछि नपर्खिने बताउनुभएको हो ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको हुँदा फेरि समय थप्न नसकिने सुमारको भनाइ छ ।

अब फेरि ढिला गर्ने कुनै बाहना स्वीकार नहुने अमेरिकी अडान छ । माओवादी केन्द्र वा एकीकृत समाजवादीले चाहेजस्तो एमसीसी परियोजनामा कुनै फेरबदल नहुने पनि सुमारको भनाइ छ ।

उपाध्यक्ष सुमारले नेपालजस्तै थुप्रै मुलुक एमसीसी परियोजना लिन पर्खिरहेकाले उनीहरुलाई अझ कुराउन नसकिने सुमारको भनाइ छ ।