८ बैशाख २०८१, शनिबार

पुनः दबाब एमसिसी संसदबाट पास गर्न, फेब्रुअरी २८ सम्म पारित नभए फिर्ता हुने

fatima jonathan mcc nepal

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले सम्झौता संसदबाट पास गर्न पुनः दबाब दिएको छ ।

फेब्रुअरी २८ सम्म सम्झौता नेपालको संसदबाट पास नभए फिर्ता हुने सन्देश एमसीसीले दिएको छ।

बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले फेब्रुअरी २८ पछि म्याद थप नहुने बताउनुभएको हो ।
उहाँले नेपालमा एमसिसी कार्यान्वयन लागि आगामी तीन हप्ता निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

फेब्रअरी अन्तिमको समय सीमा नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफैं तोकेको हुनाले फेरि समय थप्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।

सुमारले फेब्रुअरी २८ को समय सीमा एमसिसी सम्झौता संसदमा टेबल गर्न वा छलफल गर्नलाई नभई पास गर्नलाई भएको दाबी गर्नुभयो । हरेक समय सीमा र सम्झौताको अर्थ हुने जिकिर गर्दै उहाँले अब अर्को बहाना स्वीकार्न नसकिने स्पष्ट पार्नुभयो ।

गत सेप्टेम्बरमा नेपाल आउनुभएका सुमारले अझै पनि एमसिसी पास हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।