१४ बैशाख २०८१, शुक्रबार

निर्वाचन टार्ने खालका अनेकन बहस सकिएः महामन्त्री थापा

Gagan Thapa 1
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएको बताएका छन् ।

सरकारले ३० वैशाखमा एकै चरणमा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आशंकाहरु हटेको थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ ।’ उनले लेखेका छन् ।

‘अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ । संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।’ थापाले लेखेका छन् ।