२६ बैशाख २०८१, बुधबार

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आई सि यु मा

Boris Johnson

कोरोना भाइरस संक्रमित ५५ वर्षिय बेलायतका प्रधानमन्त्री जोन्सनलाई आइतबार बेलुका लण्डनको अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू “खराब” भएपछि उनलाई हिजो अस्पतालको सघन उपचार कक्षमा सारिएको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

एक प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उनको चिकित्सकहरूको टोलीको सल्लाहमा इन्टेनसिभ केअर युनिट सघन उपचार कक्षमा सारिएको र उनको “उत्तम हेरबिचार भइरहेको” बताएका छन्।

महारानी एलिजाबेथले राष्ट्र्का नाममा गरेको सम्बोधनको केहि घन्टापछी प्रधानमन्त्री जोन्सनलाई सघन उपचार कक्षमा सारिएको खबर सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ: “कोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू जारी रहेका कारण प्रधानमन्त्री लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा चिकित्सकहरूको निगरानीमा थिए।

“सोमबार दिउँसो उनको स्वास्थ्य केही बिग्रीयो र उनको चिकित्सा टोलीको सल्लाहमा उनलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको छ।”

विज्ञप्तीमा भनिएको छ: “प्रधानमन्त्रीले उत्तम हेरचाह पाइरहेका छन् र उनले एनएचएसका सबै कर्मचारीलाई तिनीहरूको कडा परिश्रम र समर्पण भावकालागि धन्यवाद दिएका छन्।”