१४ बैशाख २०८१, शुक्रबार

औपचारिक रुपमा सुरु हुँदै बेइजिङ ओलम्पिक

Beijing

एसियाली मुलुक चीनको बेइजिङमा २४औँ शीतकालिन (विन्टर) ओलम्पिक आज (शुक्रबार)देखि औपचारिक रुपमा सुरु हुँदै छ ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारेखि सुरु भइसके पनि औपचारिक उद्घाटन भने शुक्रबारबाट हुन लागेको हो ।

९१ राष्ट्रको सहभागी रहने विन्टर ओलम्पिकमा झन्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

यद्यपि अमेरिका, बेलायत, भारतलगायत विभिन्न देशले कुटनीतिकरुपमा बहिष्कार गरेका छन् । उनीहरूले चीनमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको जनाउँदै ओलम्पिकको उद्घाटन र समापनमा सहभागी नहुने घोषणा गरेका हुन् ।

हिउँमा खेलिने खेलमा १०९ स्वर्ण पदकको लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुने छ । विन्टर ओलम्पिक २० फेब्रुअरी २० तारिखसम्म आयोजना हुने छ ।