११ बैशाख २०८१, मंगलवार

चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक स्वर्ण

beijing olympics

 विन्टर ओलम्पिक २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । बेइजिङमा जारी शीतकालिन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा पाँच पदक हात पारेको छ ।

स्विडेनले भने तीन स्वर्ण जितेको छ । उसले रजत र कास्य भने जित्न सकेको छैन । यता, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मनी, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् ।

यस्तै, इटाली, अष्ट्रिया, क्यानडा, जापान, स्विट्जरल्यान्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले समान एक स्वर्ण पदक हात पारेका छन् । हालसम्म १९ देशले पदक तालिकामा खाता खेलेका छन् ।

२० फेब्रुअरीसम्म चल्ने प्रतियोगितामा तीन हजार भन्दा बढी खेलाडीको सहभागीता रहेको छ भने ९३ देशले सहभागीता जनाएका छन् ।