१३ बैशाख २०८१, बिहीबार

लेनदेनमा विवाद हुँदा तीन जनाको हत्या, आरोपी सार्वजनिक

are

प्रहरीले मोरङ हत्याकाण्डमा पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको छ ।

शुक्रबार मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सिरहा नगरपालिका–२१ स्थायी घर भएका ३१ वर्षीय अनिल मण्डल, मोरङ जहदा गाउँपालिका–४ सिस्वनीका अमित साह भनिने दिनानाथ सोनार र मोरङकै धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक गरेको हो ।

गत माघ १३ र १४ गते मोरङको धनपालथन गाउँपालिका ७ को उखुबारीमा गाडिएको अवस्थामा दुईजनाको शव भेटिएको थियो । बिहिबार ललितपुरको गोदावरी नगरपालिका–१२, धापाखेलमा खाल्डो खनेर गाडेको अवस्थामा तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बुको शव फेला परेको थियो । मोरङमा फेला परेको शव काठमाडौं बस्दै आएका शम्भु चौधरी र भक्तपुर घर भइ धरान बस्दै आएका ३९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको खुलेको थियो ।

सडकखण्ड निर्माणका सम्बन्धमा संलग्नता र लेनदेनका विषयमा विवाद हुँदा मुख्य आरोपी मण्डलले अन्य दुई जनाको सहयोग लिएर तीन जनाको हत्या गरेको प्रहरीको निष्कर्ष छ ।