२७ बैशाख २०८१, बिहीबार

व्यक्तिवाद हाबी भयो ओलीमा: माधव नेपाल

madhav
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन तोड्नका लागि केपी ओलीले अनावश्यक भ्रम पैदा गर्न खोजेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले आफू कमजोर भएपनि गठबन्धन तोड्नका लागि ओलीले अनावश्यक भ्रम पैदा गर्न खोजेको आरोप लगाएका हुन् ।

उनले गठबन्धन तोड्न आपसी अविश्वास पैदा गर्न खोजिएको भन्दै जाल झेल र षडयन्त्रमा पर्न नहुने तर्क गरे । एमसीसीलाई पास गरे कांग्रेसलाई साथ दिने भन्दै एमालेले गलत तरिका अपनाउन खोजेकाले सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष नेपालले आफूहरुले गठबन्धन दलका नेताहरुसँग छलफल गरेको र गठबन्धनलाई बलियो बनाउने विषयमा कुराकानी भएको जानकारी दिए । उनले अहिले पनि केपी ओलीमा व्यक्तिवाद हाबी भएको तर्क गरे ।

कार्यक्रममा अध्यक्ष नेपालले सिन्धुपाल्चोकबाट विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता–कार्यकर्तालाई नेकपा एसमा प्रवेश गराएका थिए । नेकपा एस प्रवेश गर्नेहरुमा अधिकांश नेकपा एमालेका छन् ।