२८ बैशाख २०८१, शुक्रबार

पाँच दलीय गठबन्धन टुट्दैन, झन् बलियाे बनाउँछाैं : अध्यक्ष नेपाल

madhav nepal
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन कुनै पनि हालतमा नटुट्ने बताउनुभएकाे छ।

राजधानीमा बुधवार एकीकृत समाजवादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन नटुट्ने बताउनुभएकाे हाे ।

‘पाँच दलीय गठबन्धन निर्माण गरेका छौं। दिन दिन पत्रिका हेर्नु भएको होला, विभिन्न कुरा आइरहेका छन्,’अध्यक्ष नेपालले भन्नुभयाे, ‘त्यसमा कुनै सत्यता छैन। गठबन्धन टुट्ने बाला छैन। कसैले टुटाउन खोज्ने वाला छैन।’

‘यो गठबन्धनलाई बलियो बनाएर लैजानुपर्दछ भन्ने कुरा हामी सबैले प्रतिवद्धता व्यक्त गरेका छौं,’ उहाँले भन्नुभयाे, ‘जनताको हितलाई केन्द्रमा राख्ने नीति हामीले लिएका छौं।’

आज मात्रै माओवादी केन्द्रका अध्यक्ष र प्रधानमन्त्री देउवाबीच छलफल भएको र गठबन्धन बलियाे बनाउने कुरामा छलफल भएकाे उहाँले बताउनुभयाे ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गठबन्धन बलियो बनाएर जाने विषयमा छलफल भएकाे उहाँले बताउनुभयाे ।