२० बैशाख २०८१, बिहीबार

आउँदो आईपीएलमा सन्दीप लामिछाने मात्र छनोट

sandip lamichhane
फाइल फोटो

आउँदो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र छनोट भएका छन् ।

अक्सनमा नाम दर्ता भएकामध्येबाट आयोजक बीसीसीआईले आज मेगा अक्सनका लागि सर्ट लिस्ट गरेकोमा नेपालबाट सन्दीप मात्र सूचीमा परेका हुन् । अक्सनमा उनको न्युनतम मुख्य ४० लाख भारु रहेको छ ।

यसअघि गत सिजनका लागि सन्दीपले न्युनतम ४० लाख भारु राखेपनि अक्सनमा कुनै टोलीले उनलाई छनोट गरेको थिएन् । सन्दीपसहित नेपालबाट १५ खेलाडीले अक्सनमा नाम दर्ता गराएका थिए ।

अक्सनमा नाम दर्ता गराउनेमा सन्दीप सहित आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित कुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी छन् ।

पहिलो पटक २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्सले न्युनतम २० लाख भारुमा सन्दीपलाई अनुबन्ध गरेको थियो । पहिलो र दोस्रो सिजन दिल्लीबाट ९ खेल खेल्दा उनले १३ विकेट लिएका थिए । तर दिल्लीबाट अन्तिम सिजनभने उनी प्रतियोगिता भरीनै बेन्चमै रहेका थिए ।