२४ बैशाख २०८१, सोमबार

अहिलेसम्मकै बढी मूल्य पेट्रोलको, प्रतिलिटर १४२ रूपियाँ

Nepal Oil NOC

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले मंगलवार मध्यरातबाट लागू हुने गरी फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । तीन हप्ता अघि मात्र निगमले मूल्य बढाएको थियो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४२ रुपैयाँ तय गरिएको छ । डिजेल-मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले बढाएर १२५ रुपैयाँ तोकिएको छ ।

एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ५६० रुपैयाँ घाटा भइरहँदासमेत हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

साथै आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी ११६ रुपैयाँ तय गरिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर १०० अमेरिकी डलरले वृद्धि गरी १,०९५ कायम गरिएको छ ।

petrol 561x768 1