२५ बैशाख २०८१, मंगलवार

सात बुँदे सहमति, कर्णाली प्रदेश सरकार र एमालेबीच

karnali sarkar

कर्णाली प्रदेश सरकार र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच सात बुँदे सहमति भएको छ ।

सात बुँदे सहमतिसँगै एमाले संसदमा जारी अवरोध हटाउन सहमत भएको हो । यसअघि नेकपा एमालेले आफ्ना माग सम्बोधन नगरेको भन्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएको थियो ।

आज मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख प्रतिपक्ष दल एमालेका नेता यमलाल कँडेल,उपसभामुख पुष्पा घर्ती, माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्र शाही र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाही सहभागी छलफलमा एमालेका माग सम्बोधन गर्ने सहमति भएको हो ।

प्रदेश सरकारले सञ्चालन गरेका पुराना अलपत्र योजनाहरूलाई पूर्णता दिने, विगतमा प्रदेश सरकारले छानेर पूरा हुन नसकेका आयोजनामा बजेट व्यवस्थापन गर्दै बजेट संशोधन गर्ने सहमति पछि एमाले संसद चलाउन तयार भएको हो ।

यसअघि बजेटमा राखेका टुक्रे आयोजनामध्ये १५ लाखभन्दा कमका आयोजना हटाइनेछ ।