६ जेष्ठ २०८१, आईतवार

कोरोना संक्रमणबाट थप ९ जनाको निधन, ५५८३ संक्रमित थपिँदा ८२६७ संक्रमणमुक्त

corona insurance

नेपालमा थप ५ हजार ५ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ९ जनाको निधन भएको छ।

१० हजार ७ सय ७६ पीसीआर परीक्षणमा ३ हजार ६ सय ५७ र ६ हजार ८ सय ९८ एन्टिजेन परीक्षण गर्दा १ हजार ९ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा एक हजार ९ सय ७ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा एक हजार ४ सय ४, ललितपुरमा तीन सय ८ र भक्तपुरमा एक सय ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाबाहिर सबैभन्दा धेरै कास्कीमा एक सय ४९, झापामा १ सय ४१ र मोरङमा एक सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट थप ९ जनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट निधन हुनेको संख्या ११ हजार ७ सय ५२ पुगेको छ । पछिल्लो पटक ८ हजार २ सय ६७ जना संक्रमण मुक्त भएका छन ।

अहिले देशभर ७४ हजार ६ सय ५३ जना सक्रिय संक्रमित छन् । २ सय ७९ जनाको आइसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो पटक तीन लाख ९९ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन ।