७ बैशाख २०८१, शुक्रबार

प्रमको चेतावनी : ‘एमसिसी पास नभए पाँच दलीय गठबन्धन टुट्छ’

pm deuba speech
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) पारित नभए पाँच दलीय सत्ता गठबन्धन तोड्ने चेतावनी दिएका छन् । उनले प्रनिधिसभाको चालु अधिवेसनबाटै एमसिसी पास गर्न पाँच दलीय गठबन्धनलाई दबाब दिएका छन् ।

यदि प्रतिनिधिसभाबाट एमसिसी पास नभए पाँच दलीय गठबन्धन टुट्ने उनले चेतावानी दिएका छन् । शनिबार पाँच दलीय गठबन्धनको बैठकमा एमसिसीको विषयमा छलफल गर्ने क्रममा यस्तो बताएका हुन् ।

बालुवाटारमा भएको छलफलमा राष्ट्रिय जनमोर्चाबाहेक चार दलका शीर्ष नेताहरु र कार्यदलका सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की उपस्थित थिए ।

बैठकमा प्रधानमन्त्री देउवाले १ फेब्रुअरीसम्म एमसिसी अनुमोदन नगराए अमेरिकाले यो परियोजना फिर्ता लैजाने भन्दै संसदबाट अनुमोदन गर्न दबाब दिएका थिए ।

फेब्रुअरी १ सम्म एमसिसी अनुमोदन गराउन अमेरिकाले प्रधानमन्त्रीलाई दबाव दिइरहेको भन्दै उनले जसरी पनि यो योजना पास गर्नुपर्ने बताएका छन् । तर ,माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु त्यसमा सहमत छैनन्। कार्यदलमा रहेका माओवादी केन्द्रका नेताहरुले यही अवस्थामा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताएका छन्।