१२ बैशाख २०८१, बुधबार

कारागारमुक्त राजस्व छली मुद्दामा पक्राउ परेमा उमाशंकर रायभर

umasankhar rayabhar

राजस्व दली मुद्दामा पक्राउ परेका बाराको परवानीपुर–१ का उमाशंकर रायभर आइतबार कारागारमुक्त भएका छन्।

पाटन उच्च अदालतको आदेशअनुसार ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसरेर कैदभुक्तान गरिरहेका उनी सर्वोच्च अदालतको आदेशपछि रिहा भएका हुन्।

सर्वोच्च अदालतले उनको धरौटी रकम २५ हजारमा झारिदिएपछि रायभर कारागारमुक्त भएका हुन्। ११ महिनापछि नख्खु कारागारबाट उनी रिहा भएका हुन्।

सर्लाहीका सरोजकुमार मिश्रले रायभरका नागरिकताको फोटोकपी, फोटो, हस्ताक्षर र ल्याप्चे दुरुपयोग गरी कम्पनी खोलेर राजस्व छली गरेका थिए। जागीर लगाइदिने भन्दै मिश्रले रायभरको नागरिकताको फोटोकपीसहित दुरुपयोग गर्दा उनी पक्राउ परेर जेल परेका हुन्।

    सम्बन्धित समाचार...