१४ बैशाख २०८१, शुक्रबार

प्रतिपक्षको हैसियत गुमाउदा अर्लिइलेक्सनको आवश्यकता देखियो : माधव नेपाल

madhav nepal1640521141
फाइल फोटो

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाको निर्वाचन स्थानीय तह भन्दा अगावै गर्नका लागि आफूहरु तयार भएको बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालयमा मंगलवार आयोजित एक कार्यक्रममा विभिन्न पार्टीबाट आएका नेता कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष नेपालले वैशाख अगाडि भने स्थानीय तहको निर्वाचन सम्भव नदेखिएको बताउनुभयो ।

प्रतिनिधिसभा प्रभावहीन बनिरहेको र प्रतिपक्षीले समेत चुनावको नै वकालत गरिरहेको बेला, सत्तापक्ष प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका लागि अर्लि ईलेक्सनमा जानुपर्ने सोचाइमा रहेको अध्यक्ष नेपालको भनाइ छ ।

संविधान र ऐन बाझिएको अवस्थामा संविधानलाई आधार मान्नुपर्ने भएकोले स्थानीय तहको निर्वाचन बैशाखमा सम्भव नभएको बताउँदै अध्यक्ष नेपालले सबै तहको निर्वाचन एकै चरणमा गर्न सम्भव भए त्यसले राज्यलाई आर्थिक लाभ हुने उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभालाई पंगु बनाउन उद्दत नेकपा एमालेको प्रमुख प्रतिपक्षीको भूमिकामा बस्ने हैसियत समेत नरहेको उहाँको दाबी थियो । प्रतिनिधिसभा लामो समय निष्क्रिय भैराख्नु लोकतन्त्रका लागि प्रत्युत्पादक हुने भन्दै नेताहरु अर्लि इलेक्सन लगायतका विकल्पको खोजिमा लागेको उहाँले प्रष्ट पार्नुभयो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना सम्बन्धी गरेको फैसलाको नजिरलाई हेर्दा अर्लि इलेकसनका लागि संवैधानिक प्रावधानको प्रयोग वा संकल्प प्रस्ताव पारित गर्नुपर्ने भएकोले त्यसबारे दलहरुबीच छलफल भैरहेको उहाँले बताउनुभयो ।