२४ बैशाख २०८१, सोमबार

मंगलवार १२ हजार ८ जना कोरोना संक्रमित थपिए

corona hotwater

नेपालमा मंगलवार थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९ सय ९ जनाको परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ४५ हजार ६ सय ३४ पुगेको छ । यस्तै, पछिल्लो ८ जना कोरोना संक्रमितको निधन भएको छ भने ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् । कोरना संक्रमणका कारण हालसम्म ११ हजार ६ सय ६७ जनाको निधन भएको छ ।

यस्तै, ८ लाख २७ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९ सय ३४ पुगेको मन्त्रलयले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै ६ हजार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ४ हजार ८ सय ७५, भक्तपुरमा ५ सय १५ र ललितपुरमा ७ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५६ हजार ८८२ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ८ सय ५१ जनाले करोनाविरुद्दको खोप लगाएको मन्त्रालयले जनाएको छ ।