२० बैशाख २०८१, बिहीबार

स्वदेश फर्के लगत्तै अध्यक्ष दाहाललाई भेट्न पुगे माओवादी नेता नेता वर्षमान पुन

barsaman pun

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता वर्षमान पुनबीच भेटवार्ता भएको छ । 

चीनमा उपचार गरेर सोमबार काठमाडौँ फर्किनुभएका नेता पुन  मंगलबार विहान अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुग्नुभएको थियो । पूर्वसभामुख समेत रहनुभएका पुनकी पत्नी ओनसरी घर्ती पनि दाहाल निवासमा पुग्नुभएको थियो । 

नेता पुनले पार्टीमा महासचिवमा आफ्नो दाबी प्रस्तुत गर्दै आउनुभएको छ । सोमवार साँझ विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा पनि उहाँले पार्टी महासचिवमा दाबी रहेको बताउनुभएको थियो । जनवादी ढङ्गबाट प्रतिस्पर्धा भएमा आफूले महासचिवमा प्रतिस्पर्धा गर्ने उहाँको भनाइ थियो ।

पुस ११ देखि १९ सम्म चलेको माओवादी केन्द्रको अधिवेशनले अध्यक्ष मात्र चयन गरेको थियो । बाँकी पदाधिकारी चयनका लागि माओवादी केन्द्रले माघ २७ गते केन्द्रीय समिति बैठक बोलाइएको छ । माओवादीमा अन्य पदाधिकारीभन्दा महासचिवमै बढी रस्साकस्सी छ । किनभने अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल, नेता देव गुरुङ र शक्तिबहादुर बस्नेतले महासचिवमा दाबी गर्नुभएको छ ।