१४ बैशाख २०८१, शुक्रबार

औपचारिक छलफल तीनै तहको निर्वाचन एकै पटक गर्नेबारे माओवादी केन्द्रमा

mahara 09 12 1024x682 1
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)ले तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा छलफल गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकमा स्थानीय तह, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्ने विपयमा छलफल भएको हो ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन वटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा छलफल भएको र निर्वाचन आयोग, कानूनविद्लगायतसँग छलफल गरेर निस्कर्षमा पुग्ने बताउनु भयो ।

नेता महराले अमेरिकी सहयोग परियोजना एमसीसीबारे चर्को बहस भइरहेकाले पार्टीले बनाएको कार्यदलको सुझावपछि मात्रै परिमार्जनसहित अघि बढ्ने बताउनुभयो ।

बैठकले बाँकी रहेका संगठनात्मक काम टुंग्याउने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ ।