५ जेष्ठ २०८१, शनिबार

(सूचिसहित) सर्वसम्मत २२ जिल्लामा एमालेको नेतृत्व चयन

uml logo1628521956

नेकपा एमालेको शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको अधिवेशनमार्फत नेतृत्व चयन प्रक्रिया भइरहेको छ । जसमा हालसम्म २२ जिल्लामा एमालेका जिल्ला कमिटी अध्यक्ष सर्वसम्मत चुनिएका छन् भने अधिकांश जिल्लामा निर्वाचन हुँदैछ ।

यी हुन् हालसम्म चयन भएका एमाले जिल्ला कमिटी अध्यक्षः-

  • झापा- दीपक कार्की
  • मोरङ- ऋषिकेश पोखरेल
  • खोटाङ – रामप्रसाद दंगाल
  • धनकुटा – इन्द्रमणि पराजुली
  • सप्तरी- ताराकान्त चौधरी
  • धादिङ- भूमी त्रिपाठी
  • काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु
  • भक्तपुर- बचन देउजा
  • रसुवा- कर्णेल तामाङ
  • गोरखा- प्रेम गुरुङ
  • तनहुँ- श्रीप्रसाद श्रेष्ठ
  • पाल्पा- धनेन्द्रराज घिमिरे
  • गुल्मी- बालकृष्ण काउछा मगर
  • अर्घाखाँची- पिताम्बर भुसाल
  • बाँके- किस्मत कुमार कक्षपती
  • बर्दिया- लालबहादुर श्रेष्ठ
  • दाङ- हुकुमबहादुर बस्नेत
  • रुपन्देही- तेजेन्द्र केसी
  • कपिलवस्तु- डम्मर शर्मा
  • डोल्पा- शेरबहादुर बुढा
  • सल्यान- गोविन्द पुन मगर
  • नवलपरासी सुस्ता पश्चिम- दीपेन्द्र अधिकारी


त्यसैगरी एमालेकाे विशेष जिल्ला कमिटी अन्तर्गत मजदुरमा जितेन्द्र श्रेष्ठ र पेसागतमा उमेश ढकाल चयन भएका छन् ।