१७ बैशाख २०८१, सोमबार

यसकारण प्रतिबन्ध नेपाल वायु सेवा निगमको हङकङ उडान

nepal airlines

नेपाल वायुसेवा निगमको हङकङ उडानमा प्रतिबन्ध लागेको छ । निगमको उडानबाट २० पौषमा हङकङ पुगेका पाँचजनामा कोरोना भाइरसको संक्रमण भेटिएपछि प्रतिबन्ध लागेको हो ।

अब हङकङ उडान कम्तिमा पनि दुई हप्ता प्रतिबन्ध लाग्ने भएको छ । यसअघि पनि यस्तै प्रतिबन्ध लागेको थियो ।

हङकङले कुनपनि उडानबाट पुगेकामध्ये दुईजनासम्मलाई कोरोना संक्रमण पत्ता लाग्दा प्रतिबन्ध लगाउँदैन । तर, त्योभन्दा बढीलाई लागेमा भने प्रतिबन्ध लगाउने गरेको छ ।

नेपालमा कोरोना संक्रमण भए या नभएको परीक्षण गरेकाहरुमा पुनः परीक्षण गर्दा हङकङमा देखिएबाट विश्वसनीयतामाथि नै प्रश्न उठेको छ ।