१६ चैत्र २०८०, शुक्रबार

अफगानिस्तानमा हिमपात र बाढीमा परेर ११ को निधन, २३ घाइते

b8ac6f27ad27165a694a51

अत्यधिक हिमपात र बाढीका कारण अफगानिस्तानमा बुधबार कम्तीमा ११ जनाको निधन भएको छ ।

अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार घटनामा परी देशभरीमा अरु २३ जना घाइतेसमेत भएका छन् ।

अफगानिस्तानमा बुधबार सुरुमा हिमपात भएको र त्यसपछि भारी बर्षा भएर बाढी आएको पनि अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार मृत्यु भएका र घाइते भएकाहरू देशको हेल्मन्ड, निम्रोज, फराह, नान्गाहर, कान्दहर, जावजान, ताखर र केन्द्रीय राजधानी काबुलका रहेका छन् ।

देशको ९० प्रतिशत भूभागमा हिमपात, बर्षा र बाढीको असर परेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

हिमपात, बर्षा र बाढीका कारण मानवीय क्षतिसँगै भौतिक क्षति पनि भएको र आर्थिक नोक्सानी भएको जनाइएको छ ।एएनआई