Close Me
२४ माघ २०८१, बिहीबार

अमेरिकी टोलीले नेपालको हवाई सुरक्षाबारे अध्ययन गर्दै

airport

अमेरिकी नागरिक उडड्यनको नियामक निकाय फेडेरल एभिएसन एडमिनिस्ट्रेसनको प्रतिनिधि मण्डलले नेपालको हवाई सुरक्षा अवस्थाबारे आजदेखि अध्ययन सुरु गर्दैछ ।

सो टोलीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओ अन्तर्गतका आठ वटा क्षेत्रमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जानकारी दिनुभयो ।

यसअघि, युुरोपेली संघ ईयूले नेपालमा हवाई दुर्घटनाको दर कम गर्न पहाडका विमानस्थलमा आवश्यक प्राविधिक उपकरणमा लगानी गर्न आवश्यक रहेको जनाएको छ ।

सन् २०१३ देखि ईयूको कालोसूचीमा रहेको नेपालबारे दुई दिने अध्ययन तथा अनुगमन गरेर फर्किएको ईयूको टेक्निकल कोअपरेसन टिमले पहाडी तथा हिमाली विमानस्थलमा प्राविधिक उपकरण राख्न जोड दिएको हो ।

विभिन्न ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले हाल २० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । सन् २०१० र २०११ तथा १२ मा विमान दुर्घटना भएपछि नेपाललाई सन् २०१३ डिसेम्बर ५ देखि ईयूले नेपाललाई कालोसूचीमा राख्दै आएको छ ।