४ बैशाख २०८१, मंगलवार

उड्न लागेको जहाजमा शंकास्पद व्यक्ति रहेको सूचनापछि…

nepalairlines a320 airbus
फाइल फोटो

मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा आतंकावादी रहेको सूचनापछि प्रहरीले सबै यात्रु ओरालेको छ ।

दिउँसो नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट यात्रु ओरालेर अनुसन्धान थालिएको काठमाडौं उपत्यका प्रहरी परिसरले जनाएको छ। प्रहरीका अनुसार एकजना शंकास्पद व्यक्ति पक्राउ परेका छन् ।

उक्त जहाजको उडान दिउँसो १:१० मा थियो । मुम्बई उड्नुपर्ने आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच गरिएको हो ।

जहाजमा १४१ जना यात्रु रहेको बताइएको छ ।