१४ बैशाख २०८१, शुक्रबार

तीनै तहको निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्री देउवाको आग्रह

pm dauba 20

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही समयमा आउने तीनै तहका निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नु भएको छ । 

धरान–२ मा नवनिर्मित नेपाली काँग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय मङ्गलवार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले केही समयमै आउने तीनै तहका निर्वाचनको तयारीमा लाग्न निर्देशन दिनु भएको हो । 

महाधिवेशनको समयमा भएको प्रतिस्पर्धाको तुष नराखी पार्टी एकतामा जोड दिनुपर्ने र देशभरिका पार्टीका कार्यकर्ताहरू एक भएर हिँडेमा मात्र पार्टी एकताबद्ध हुने बताउनुभयो । सबैको सहयोग विना पार्टी एक हुन सक्दैन देशभरिका साथीहरू एक भएर हिँडे मात्र पार्टी पनि एक ढिक्का हुन्छ प्रधानमन्त्री देउवाले बताउनुभयो  । 

ROS KTM 1322

सबैको सहयोगले पार्टी सभापति भएको खुलाउँदै देउवाले यो कार्यकाल आफ्नो अन्तिम भएकाले पार्टीलाई एक बनाउने दायित्व आफ्नो भएको पनि बताउनु भयो । 

नेपाली काँग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन गरेसँगै फोहोरमैला प्रशोधन केन्द्रको पनि उद्घाटन गर्नुभयो साथै उहाँले बसपार्कको समेत अवलोकन गर्नु भएको छ । 

ROS KTM 1508

धरानमा पुस २० गतेदेखि २३ गते सम्म धरान डे मनाउने निर्णय गरिएको छ । सोही अवसरमा आज धरानमा सार्वजनिक बिदा दिइएको छ । 
आधुनिक धरान शहरको जग वि.स.१९५७ सालमा बस्ती बस्न थालेर सुरु भएको त्यही आधारमा तत्कालीन धरान नगरपालिकाले २०५७ सालमा शतवार्षिकी महोत्सव आयोजना गरेको थियो । त्यसपछि धरानमा पुस २० गतेलाई धरान स्थापना भएको मानकको रुपमा लिएर धरान डे मानिँदै आएको छ । पुस २० गते आधुनिक धरान सहर स्थापनाको १२१ औँ वर्ष पुगेको छ । पब्लिक हाई स्कुलमा हुने धरान डे उत्सवमा ३ दिन विविध कार्यक्रमहरू हुनेछन् ।