६ बैशाख २०८१, बिहीबार

एकता घोषणा माओवादी केन्द्र र नेकपा मसालबीच

maashal mosit ekata

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता घोषणा भएको छ ।

शुक्रबार कार्यक्रममा दुवै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै एकता घोषणा गरेका हुन् ।

प्रचण्ड र लम्सालले जारी गरेको विज्ञप्तिमा नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच विभिन्न चरणमा भएका छलफल र सम्वादपछि उक्त एकता भएको उल्लेख छ ।

1 2
2 1