११ बैशाख २०८१, मंगलवार

पाँच दलीय गठबन्धन निर्वाचनसम्म, वामपन्थी शक्तिलाई एकतावद्ध बनाउँछाैं : अध्यक्ष नेपाल

madhav 1
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभएको छ ।

समाजवादी प्रेस संगठन नेपाल बाँके शाखाले आज बाँकेको कोहलपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकतावद्ध बनाएर लैजाने पक्षमा आफू रहेको बताउनुभयो।

अध्यक्ष नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण एमाले आन्दोलनको उद्देश्यबाट विमुख हुन पुगेको टिप्पणी गर्नुभयो । मार्क्सवादकाे सिद्धान्तलाई आत्मसाथ नगर्दा एमालेमा व्यक्तिवाद हावी भएपछि नेकपा एकीकृत समाजवादीमा जनताको आकर्षत बढेको बताउनुभयो ।

अध्यक्ष नेपालले एमसीसीको बारेमा कार्यदलले विस्तृत छलफल गरेपछि सत्ता गठबन्धनले थप निर्णय लिने स्पष्ट पार्नुभयो। प्रतिगमन आफ्नो पार्टीलाई कुनै हालतमा स्वीकार्य नहुने भन्दै अध्यक्ष नेपालले त्यसका विरुद्ध निरन्तर संघर्ष गरिरहने बताउनुभयो ।

अध्यक्ष नेपालले देशको रक्षा गर्न एकीकृत समाजवादी पार्टी चिन्तशील रहेको बताउँदै स्वास्थ्य, शिक्षा, रोजागारी र जनताको हितका विषयमा पार्टीले गम्भीरता देखाउने बताउनुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताललाई पार्टीमा प्रवेश गराउनुभयो ।