१२ बैशाख २०८१, बुधबार

महँगी र भ्रष्टाचार बढेको बढ्यै छ, यो निकम्मा सरकारलाई चासो नै छैनः ओली

60f964c6c092c kp sharma oli 1
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार निकम्मा रहेको बताएका छन् । बिहीबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धनको सरकारलाई निकम्माको संज्ञा दिँदै सरकारलाई विकासप्रति कुनै चासो नभएको आरोप लगाए ।

देश विकास गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको पनि ओलीले बताए । ‘जनताले अहिलेको यो सरकार बनाएकै होइन, यो देशी विदेशी प्रतिक्रियावादीहरुले बनाइदिएको हो’, अध्यक्ष ओलीले भने ।

‘गठबन्धनको यो निकम्मा सरकार हो, यसलाई विकासप्रति कुनै चासो छैन । आयात बढेको बढ्यै छ । महँगी, भ्रष्टाचार बढेको छ । धितो राखेर पनि कसैले ऋण लिन पाउने अवस्था छैन । सरकारले नेपाललाई गरिवीतिर लगेको छ’, ओलीको भनाइ छ ।