१२ बैशाख २०८१, बुधबार

प्रतिनिधि सभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित

samsad

नेकपा एमालेको अवरोधकै बीच चार अध्यादेश स्वीकृत गर्दै पुस १८ गतेसम्मका लागि संघीय संसद् प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिध सभाको अर्को बैठक पुस १८ गते आइतबार दिउसो १ बजे बस्ने गरि ११ दिनका लागि स्थगित गरिएका हुन् ।

सरकारले र सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्ष दल फुटाउने मतियारको भूमिका खेलेको भन्दै एमालले भदौदेखि निरन्तर विरोध गरिरहेको छ।