१६ चैत्र २०८०, शुक्रबार

ओमिक्रोन भेरियन्ट नेपालमा थप एक जनामा संक्रमण पुष्टि, २३६ नयाँ संक्रमित थपिए

corona insurance

पछिल्लो पटक नेपालमा थप २ सय ३६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् भने थप एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षका एक वृद्धमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिनुभयो । ती संक्रमित होम आइसोलेसनमा रहेको मिश्राले बताउनुभयो ।

नेपालमा एक महिनाअघि दुई जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो । पछिल्लो पटक सात हजार २ सय ३३ जनामा पीसीआर परीक्षण गरिएकोमा २ सय १७ र चार हजार ४३ एन्टिजेन परीक्षण गर्दा १९ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भक्तपुरमा १३, ललितपुरमा ३३ र काठमाडौंमा ७६ गरी काठमाडौं उपत्यकामा जम्‍मा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक २ सय ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा पाँच हजार एक सय ८५ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी यही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ७९ पुगेको छ ।