१४ बैशाख २०८१, शुक्रबार

कांग्रेसबाहेक सबै दल एमसीसीको विपक्षमा !

Sarbadaliya Baithak Baluwatar 3

आज बसेको सर्वदलीय बैठकमा एमसीसीबारे व्यापक विरोधको भएको छ । संसदमा रहेको गतिरोध हटाउने तथा एमसीसीबारे साझा धारणा बनाउने प्रयासस्वरुप आइतबार भएको सर्वदलीय बैठकमा कांग्रेस बाहेकका सबै दलले एमसीसी पास गर्न नहुने तर्क गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेस बाहेकका सबै दलले एमसीसीको विपक्षमा आफ्नो धारणा राखेका छन् । काँग्रेसबाहेक संसदमा प्रतिनिधित्व गर्ने अरु दलले एमसीसी हुबहु पारित गर्न नसकिने धारणा राखेको बैठकपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जानकारी दिए ।

एमसीसी बारे कसले के भने ?
बैठकमा सहभागी सुवालका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसोधनबिना एमसीसी पारित गर्न नहुने धारणा राखेका थिए । माओवादीको अर्का नेता नारायणकाजी श्रेष्ठले पनि पारित गर्न नहुने धारणा राखेका थिए ।

एकीकृत समाजवादीका तर्फबाट बोलेको नेता बेदुराम भुसालले भने पनि संसोधनबिना पारित गर्न नहुने धारणा राखे । जसपाका बाबुराम भट्टराईले भने एमसीसी अघि बढाउनुपर्ने धारणा राखेका छन् ।

त्यस्तै बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र रामशरण महत बोलेका थिए । उनीहरु दुवैले एमसिसी अगाडि बढाउनुपने पक्षमा धारणा राखेका थिए ।

बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने एमसीसीबारे फेरि छलफल गरेर निष्कर्षमा पुग्ने सहमति बनेको बताए । ‘संसद अवरोध र एमसिसीबारे व्यापक छलफल भयो । फेरि छलफल गरेर निष्कर्षमा पुग्ने सहमति भएको छ’ पत्रकारहरुलाई उनले भने ।